चारदिशा सम्वाददाता।

विरोध र वहिष्कार वावजुद गैर आवासीय नेपाली संघ ईटालीको वार्षिक साधारण सभा आइतवार पिसामा सम्पन्न भएको छ। साधारण सभाले रोमवासी क्षेत्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको निर्विरोध निर्वाचन गर्दै आगामी दुई वर्षको लागि कार्यकारी समिति तय गरेको हो ।

साधारण सभामा प्रमुख अतिथिको रुपमा गैर आवासीय संघका उपाध्यक्ष दावा शेर्पाले नेपालीको लागि नेपाली भन्ने नारालाई यथार्थमा परिणत गर्नु आजको आवश्यकता रहेको वताउनुभयो ।

ईटालीका अवैतनिक राजदुत पाओलो नुगारीले एनआरएनको साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नै नयाँ वन्ने कार्यसमितिसँग काम गर्न उत्सुक रहेको वताउनुभयो ।

अक्षकोषको घोषणा 

कार्यसमितिका नवनिर्वाचित अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले पाँच हजार यूरोको अक्षयकोष घोषणा गरेका छन्। आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरे वमोजिम आपतकालीन कार्यको लागि उक्त अक्षय कोषको स्थापना गरिएको अध्यक्ष श्रेष्ठले चारदिशालाई वताए।

यस्तो छ एनआरएन ईटालीको नयाँ कार्यसमिति

 

अन्तराष्ट्रिय समन्वय समिति सदस्य

श्री संजयदेव श्रेष्ठ

अध्यक्ष

श्री क्षेत्रकुमार श्रेष्ठ, अध्यक्ष

उपाध्यक्ष्य

श्री हेम राज जोशी

श्री दिपेश कुमार रेग्मी

महासचिव

श्री राम कुमार राई

सचिव

श्री रामहरी खकुरेल

कोषाध्यक्ष

श्रीमती सिता तुलाधर

सदस्यहरु

श्री सतिश महर्जन :  सदस्य
श्रीमती कमला चौधरी :  सदस्य
श्री रंजित कुमार कार्की :  सदस्य

श्री भवानी बिडारी :  सदस्य

श्री दिवश रेग्मी : सदस्य

उम्मेदवार युवा संयोजक

उमेदवारी खालि रहेको

उम्मेदवार महिला संयोजक
श्रीमति माया देवी अधिकारी