आईएसलाई लक्षित गरी अमेरिकाद्वारा हवाई आक्रमण

0

एजेन्सी : अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट ‘आईएस’लाई लक्षित गरी हवाई आक्रमण गरेको छ । अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा आइएस लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको हो ।

अमेरिकी सञ्चारमाध्यमले आक्रमणमा काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकार मारिएको दाबी गरेका छन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १ सय ७० भन्दा बढीको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार रहेको बताइएको छ ।

नानगहार प्रान्तमा भएको सो आक्रमणमा आइएस–के समूहका योजनाकारलाई निशाना बनाइएको हो । आक्रमणमा अन्य नागरिकलाई भने केही नभएको बताइएको छ ।

आक्रमणबारे थप विवरण सार्वजनिक गरिएको छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशमा आइएस–के समूहका योजनाकारलाई लक्षित गरि ड्रोन आक्रमण भएको हो ।

यसअघि बाइडेनले विस्फोट गराउनेलाई खोजीखोजी मार्ने चेतावनी दिएका थिए । काबुल विमानस्थलको गेटमा बिहीबार भएको आत्मघाती बम आक्रमणको जिम्मा आइएसके समूहले लिएको थियो ।

Leave A Reply

Your email address will not be published.