ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल

0

काठमाडौं : प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिरहेको भन्दै ओलीसँग ‘वार्ता र सहमति’ हुन नसक्ने स्पष्ट पारेका हुन् ।

उनले पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू प्रकाशित भइरहेको पनि बताएका छन् ।

नेता नेपालले त्यस्ता हल्लाको पछाडि नलाग्न आफ्ना नेता र कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.