एनआरएनए युरोपका पूर्व संयोजक शिव बरुवालद्वारा उपाध्यक्षमा उम्मेवारी घोषणा

0

गैरआवासीय नेपाली संघ(एनारएनए)का पुर्ब युरोप संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल (सन २०२१–२०२३) को लागि एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । बरुवालले आगामी अक्टोबर २३–२५ मा काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसिसिको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दिने भएका हुन् ।

नेपालको म्याग्दी जिल्लामा जन्मेका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा बस्दै आइरहेका छन् । बरुवालले एनआरएनए बेल्जियमको सन २००५मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरि सकेकाछन । एनआरएनलाई संस्थागत गर्न र संस्थालाई पारदर्शि तरिकाले विधि बिधान र पद्धति अनुरुप चलाउदै राष्ट्रमा पूंजी र प्रबिधि भित्राएर सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा हातेमालो गर्न आफुले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बरुवालको भनाई छ ।

जुनसुकै जिम्मेवारी पाए पनि परिभाषित जिम्मेवारीलाई कुशलता पुर्बक सप्पन्न गर्ने बरुवालले युरोप संयोजकको जिम्मेवारी सम्हालेको बेला युरोपको २८ वटा एनसिसिहरुलाई नेतृत्व गरेर सबै एन सिसि हरुलाई सबल र सक्रिय बनाउदै सफलता पूर्वक युरोपेली सम्मेलन गरेर नेपालमा प्रबिधि, लगानी र पर्यटन प्रवद्र्धन गर्ने काममा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

‘मैले एनआरएनए जुनसुकै जिम्मेवारी प्राप्त गरेपनि संस्थाकोे बिधानले निर्देशित गरेअनुसार राम्रोसँग पूरा गरेको छु जस्तो मलाइ लागेको छ । आगामी दिनमा पनि एनआरएनए अग्रजहरुले सुरु गरेकोे यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु । यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार उपाध्यक्ष पदमा उम्मेदबारी दिने निर्ण गरेको छु’, बरुवालले भने ।्


एनआरएनएको स्थापना काल देखि अभियानमा सक्रिय बरुवाल एनाअरएनए अभियानलाई अझ समृद्ध र सुदृढ गरी सबै गैरआवासीय नेपाली हरुको अपनत्व हुने गरि नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो पार्ट्नरको रुपमा स्थापित गर्न र एक पटक को नेपाली सधै को नेपाली भन्ने एन आर एन ए को मुल मर्म लाई सार्थक बनाउने आफ्नो लक्ष रहेको उनले बताएका छन् ।


एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै संस्थाप्रति इमान्दार भै लागेका बरुवाल सन २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुँदै यो अभियानमा सहभाी भएका थिए । सन् २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, सन् २०११–२०१३ मा एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७–२०१९ मा एनआरएनए युरोप संयोजकमा निर्बाचित भै हाल एन आर एन अन्तर्राष्ट्रिय कमिटीको नेपाली उत्पादन प्रबर्द्धन समितिको संयोजकको हैसियतले एनआरएनएका बिभिन्न गतिविधिमा संलग्न छन् ।

बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सञ्चालन गरी कुशल व्यवसायीको परिचय दिइरहेका बरुवाल हाल बेल्जियमका ब्याबसायीहरुलाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत र कृषि र पर्यटन क्षेत्रमा लगानी भित्र्याउने काम पनि गरिरहेका छन् । एनआरएनका उद्दश्य अनुरुपका सबै कार्यमा आफ्नो जिम्माको काम सदैब लगनशीलताका साथ सम्पन्न गरेकोले विश्वभरिका एनआरएनहरुले आफुलाई अनुमोदन गर्ने बरुवालको विश्वाश छ ।

Leave A Reply

Your email address will not be published.