असल स्वभाव र बृहत मन भएकाले राजनीति गरौ

0

दिपक न्यौपाने ,

सुधार गर्न आवश्यक कुराहरुलाई सुधार गर्न र मननयोग्य सामाजिक एबं सांस्कृतिक संरचना लाई निरन्तरता दिन वा परिमार्जन गर्न सक्ने बिधा राजनीति हो । राजनीतिमा लागेकाहरु निश्वार्थ रुपमा लागे मात्र राजनिति सुद्ध र जनचाहना अनुरुप हुन्छ । यदि युबा सोच र आधुनिक विश्व ज्ञान भएका ब्यक्ति राजनीतिमा नआउने हो भने बाहिर बसेर अर्ति दिनु मात्र केही तात्विक अन्तर आउने छैन ।

सुधार हामीबाट नै गर्ने हो भने हामीनै अगाडि बढेर सामाजिक अभियानलाई राजनीतिले दिशा निर्देश गर्न सक्नु पर्दछ । बेथितीलाई थितिमा ल्याउने नीति पनि राजनीति हो , हामी नयाँ पुस्ताले राजनीति छोड्ने होइन केवल फोहोर राजनीति अनि व्यक्तिबादी अनि गुट उपगुटको राजनीति छोडेर एजेन्डाको राजनीति गरौँ, आफुमा भएका स्वार्थ त्यागौ। राष्ट्र र समाज प्रति प्रत्येक नागरिकको दायित्वबोध हुनुपर्छ भन्ने भावना जगाऔं ।

नेता नेताको रुपमा मात्रै नभएर नेता त समाज सुधारक विकासप्रेमी , निश्वार्थी बन्नु पर्ने हो । यहाँ त मेरो पार्टी, त्यसमा पनि मेरो गुटको नेताले गरेको काम सबै ठिक भनेर ताली पिट्नाले नै आज दिनको १५०० जना युवा आफ्नो माटो छोडेर झोला टिप्न बाध्य छन । रोजगारीका लागि बिदेशी भूमिमा अनि बिदेशमा बसेर पनि नानी देखिको बानीलाई निरन्तरता दिदै संघ संगठनमा नेतृत्वको लागि नै हानथाप गरेर एकले अर्कोलाई दोष दिदैमा हामी चोखिने हो र ? प्रबासमा छौ पदको भन्ने होइन भन्ने हेक्का राखेर पद्धतिका लागि हाम्रो अभियान हो भनेर प्रमाणित गर्न लागौं । यहाँ सिकेको सिप पुँजी बौद्दिकता नेपालमा लगानी गरौँ २/४ जनालाई रोजगारी दिन सकौं उत्पादन गरेर निर्यात गर्ने टाढाको कुरा भए पनि व्यापार घाटा कम गर्न सकिन्छ ।

हामी पहिलो पुस्ता विश्वका सम्पन्न मुलुकमा बसेर पनि नेपालको सिको गर्दै नेपाल भन्दा पनि उद्दण्ड राजनीतिक प्रदर्शन गर्ने अनि अनि यहाँ हुर्केको पुस्तालाई नेपाल सँग जोड्ने भनेर खोक्रो आदर्शले पुग्दैन आफ्नो जन्म भूमिको माया हामीलाई जति लाग्छ भोलि हाम्रा सन्तानले पनि आफ्नो जन्म देशलाई त्यति माया गर्ने अधिकार हुन्छ र लाग्छ पनि त्यसको हामीले सम्मान र स्वीकार गर्न सक्नु पर्दछ के त्यो पुस्ता पलायनको यथार्थता स्वीकार गर्ने सामर्थ्य छ हामी संग ? एकपटक सबैले मनन गरौँ ।

भिजन बिना दोश्रो पुस्तालाई हाम्रो पछी लाग भनेर मात्र स्थिती सुध्रदैन , कि कन्भिन्स गरौ कि कन्भिन्स हुन सिकौ । हामी एकातिर दोस्रो पुस्तालाई नेपाल संग जोड्ने भन्छौ अर्को तिर त्यो पुस्तालाई जोड्न सक्ने सम्भावित नेतृत्व लाई सामाजिक संस्थाहरुबाट नै पाखा लगाउन द्रिष्य अद्रिष्य रुपमा न्वारन देखिको बल लगाउने परिपाटीले हाम्रो गन्तब्य अन्धकार तर्फ भासिदै गएको समयमामा नै मनन गर्न ढिला भैसकेकोछ । कि राम्रो गरौ नभए बाटो छोडौ ।

Leave A Reply

Your email address will not be published.