कलाकार शम्भुराज थापाको निधन

0

काठमाडौं : वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को ६४ वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान उनको पाटन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

कोरोना संक्रमित भएपछि थापा दुई साताअघि अस्पताल भर्ना भएका थिए ।

उनले थुप्रै चलचित्रमा र दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।

उनले मह जोडीले निर्माण गरेको ‘मदन बहादुर हरिबहादुर’ मा पनि अभिनय गरेका थिए । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् ।

थापाका श्रीमती, एक छोरी र एक छोरा छन् । 

Leave A Reply

Your email address will not be published.