अपराधिक मानसिकता जोगाएर कसरि होला समाजसेवा ?
सम्पादकीय, चारदिशा ,
बेल्जियममा ३ हप्ता अगाडि एनआरएनए एनसीसीको निर्वाचनमा एन्तवेरपेन मतदान केन्द्रमा भएको तोडफोड र हुलदङ्गाले विश्व भरिका नेपालीहरुको ध्यान खिच्यो । सर्बत्र आलोचना भयो , आइसिसीले बक्तब्य निकालेर घटनाको भ्रत्सना र दोशीलाई साधारण सदस्यबाट निस्काशन गरिने सार्वजनिक गर्यो ।
नेपालीहरुका संघ संस्थाहरुमा बिमति र बिबादलाई प्रजातान्त्रिक पद्धतिले हल गर्नुको साटो ब्यक्ति बिशेषका स्वार्थको सन्तुष्टीका लागि लेनदेनको माध्यमबाट समाधान गर्ने संस्कार बसिसकेकोले यो घटना पनि निर्वाचनको जितहार संगै बिर्सने क्रममा छ ।

एउटा सामाजिक संस्थाको निर्वाचनमा हारिने भए पछि सदस्यहरुको अभिमत नष्ट गर्न खोज्नु त अपराध हो नै , त्यो भन्दा ठुलो अपराध भाडाका गुण्डाहरु प्रयोग गरिनु हो । यस घटनाले बेल्जियमका सामाजिक काममा रुचि राख्ने युबा पुस्ता देखि सामुहिक प्रयासमा रचनात्मक काम गर्न सकिन्छ भन्ने मानसिकताका हरेक ब्यक्तिलाई क्षुब्द र निरास बनाएकोछ ।
यो अपराधिक कामको याबत नकारात्मक परिणाम संगै अक्षम्य गल्ती चाँही यो बिषयलाई सजिलै स्वीकार्ने हाम्रो मानसिकताको देखिन्छ । एनआरएनएको चुनावमा कोही जितेर रमाउनु र कोही हारेर चिच्याहट गर्नु भन्दा यस कारनामाका पात्रहरुलाई सामाजिक र न्यायिक कार्यबाहीमा लैजानलाई प्रयत्न हुनु पर्ने हो , जसको सम्भाबना क्षिण हुँदै गैरहेको छ ।
भबितब्यले त्यस दिन तीनजनालाई मात्र चोटपटक लाग्यो , आक्रमणकारीलाई रोक्ने प्रयत्नमा भएको लडाईंमा त्यो भन्दा ठुलो क्षति हुन सक्थ्यो , सौभाग्यबस भएन र खोजेको जति सामाजिक सद्भाब खल्बल्याउन सकेनन ,

यस घटनालाई समुदायले सजिलै स्विकार गरिदिएमा भबिष्यमा यो भन्दा पिडादायी घटना हामीले ब्यहोर्नु पर्ने हुन सक्छ । सामाजिक अगुवाहरुले अहिले बिबेक पुर्याउनु भएन भने भबिष्यमा हुने घटनाको दोशी तपाईंहरुलाई अहिले नै घोषणा गरिदिदा पनि हुन्छ ।
मौकामा चौका हानेर केही दिनको पद हात पार्दैमा नेता बनिदैन , समाजलाई कसरि एकताबद्ध र बिकसित बनाउन सकिन्छ भनेर पहल गर्नेलाई भबिष्यको पुस्ताले पनि समाजको अगुवा र नेता भनेर मान्ने हो । ” बाख्री मरेको भन्दा काल पल्केको डर ! ” भनिने उखानझै यो अपराधमा दोश्रो पुस्तालाई पनि मूछ्ने काम भयो, जुन एनआरएनए प्रति र नेपाली समुदाय प्रति गरिएको अक्षम्य अपराध हो ।

यो अपराधमा कुन संगठनको कुन कुन ब्यक्ति संलग्न छन भन्ने पत्ता लगाएर सामाजिक कार्यबाही गर्न समुदायका सबै नेपालीको एकता र द्रिढ इच्छ्याशक्तिको आबस्यक्ता छ । समय र बिषयको गाम्भिर्यतालाई बुझेर निर्णय गर्न संसारले बेल्जियमलाई हेरिरहेकोछ । संस्थाहरु राम्रो संस्कार बसाउनका लागि चाहिने हो , एउटा सामाजिक संस्थाको नेता बन्न मान्छे किन्ने प्रब्रिती गैर कानुनी हो भन्ने सामान्य कुरालाई पनि बुझ्न् नसक्नेलाई हामीले किन नेता मान्ने ?

एनआरएनए बेल्जियमको चुनाबि परिणाम आफ्नो पक्षमा पार्न सुरु देखिनै दुई कित्तामा समाजलाई बिभाजन गरेर नक्कली सदस्य बनाउने अभियान चलाए पछि मतदानको दिनको उक्त घटनाको बिऊ रोपिएको हो । एनआरएनएको चुनावका नाममा हुने बिकृतिको अन्त्य गर्न र सहमतिमा नेत्रित्व चयन गर्न बेल्जियमको आम नागरिक, बुद्धिजिबी , पत्रकार र समुदायका अग्रजहरुले बारम्बार अनुरोध गरेको हुन तर राजनितिक संगठनको प्रभाब देखाउने दम्भ र केही ब्यक्तिका इगो साध्नका लागि त्यसलाई नजर अन्दाज गरिएको सबैले बुझेकैछौ ।

सामाजिक सद्भाब खल्बल्याउने गरी भएको चुनाबि हथकन्डा बेल्जियमको नेपाली समुदायले बिबेक पूर्वक तिरस्कार नगरेको भए यो भन्दा उग्र उद्दन्डता प्रहशन हुन सक्थ्यो, त्यसका लागि बिबेकशिल नेपाली समुदायलाई धन्यवाद र आभार प्रकट गर्नै पर्छ । भबिस्यमा पनि प्रजातान्त्रिक पद्धतीलाई अबलम्बन गर्न सक्ने क्षमता र सोच नभएकाहरुलाई नेता मान्ने परिपाटिको अन्त्यका लागि यहाँको समुदाय सचेत र सजग हुन अझ बढी आबस्यक देखिएकोछ ।
मतदान बिथोल्न आएका भाडाका गुण्डाहरुलाई समात्ने प्रयास गर्द l भएको झडपको भिडियो