बागमतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस
काठमाडौं : सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई हटाएर बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए ।
पदमुक्त भएका विष्णु प्रसाईं पनि एमालेकै नेता हुन् । झापा जिल्लाका पुराना नेता प्रसाई मेची नगर नगरपालिकाको मेयरमा पराजित भएका थिए ।