गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा

0

काठमाडौं : सरकारले गाईजात्राको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष भदौ ७ गते परेको गाईजात्रा पर्वको अवसरमा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि गाईजात्राका अवसरमा काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा दिने गरिएको थियो ।

यस्तै, कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । यो वर्ष कृष्ण जन्माष्टमी भदौ १४ गते परेको छ । 

Leave A Reply

Your email address will not be published.