सरकारद्वारा प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस
काठमाडौं : सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
हाल कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई महारथी दर्जामा पदोन्नति गर्दै प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरिएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।
अवकासभन्दा एक महिना पहिले बिदा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि बिदामा बसेका छन् ।