केहीले छाडे पनि एमाले अझै पनि संसदमा सबैभन्दा ठूलो दल : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरू पार्टीबाट अलग भएपनि आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल कायम रहेको बताएका छन् ।

भक्तपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर पार्न सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशतको अध्यादेश ल्याउँदा पनि माधव नेपालले त्यति संख्या पुर्‍याउन नसकेको बताए । उनले आफुले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झारेर पार्टी दर्ता हुन नदिने दाबी गरे ।

ओलीले आगामी निर्वाचनमा एमालेले एकलौटी रुपमा जित हात पार्ने दाबीसमेत गरे । उनले अबको चुनावको नतिजा नेकपा एमालेको पक्षमा हुने भन्दै बाँकी सबैले छेउमा बसेर हेनुपर्ने अवस्था आउने बताए ।

अध्यक्ष ओलीले अध्यादेश फिर्ता लिई तत्काल प्रतिनिधि सभा बैठक बोलाउन माग गरे । उनले एमाले कानुनसम्मत रुपमा चल्ने पार्टी भएको बताउँदै कानूनी रुपमा एमाले हरेक कुराको मुकाविला गर्न तयार रहेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकार मुलुक बनाउन भन्दा पनि आफ्नो सरकारले गरेको विकासको काम भत्काउन आएको दाबी गरे । उनले आफुले सरकारको नेतृत्व गर्दा पार्टीभित्र नै बिरोधी खडा भएको भन्दै आफुले देश र जनताका लागि अभूतपूर्व विकासका काम गरेको दाबी पनि गरे ।

Leave A Reply

Your email address will not be published.