महन्थ ठाकुर समूहले जसपा ‘लोकतान्त्रिक’ दर्ताका लागि दियो निवेदन

0

काठमाडौं : जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका छन् ।

२४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा निवेदन दिएको हाे । दल दर्ता गरी साइकल चुनाव चिन्ह समेत माग गरिएकाे छ ।

आफूहरुको पक्षमा १५ जना सांसद रहेको सो समुहका नेता राजेन्द्र महतोले जानकारी दिए ।

उता नेकपा एमालेको माधव नेपाल समूहले पनि नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको छ । नयाँ पार्टीको नाम नेकपा एमाले ‘समाजवादी’ राखिएको छ ।

Leave A Reply

Your email address will not be published.