बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री बन्दै
काठमाडौं : नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी छन् ।
एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।
हेटौंडास्थित प्रदेश सभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।
बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ । पार्टी विभाजनको विपक्षमा उभिएकी माधव नेपाल पक्षकी शाक्य संसदीय दलको नेता चयन भएसँगै वागमतिको मुख्यमन्त्री नियुक्त हुने भएकी छिन् ।