अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना
काठमाडौं : हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुनै पहल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरेको छ ।
एमालेका विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले अफगानिस्तानमा रहेका नेपालीहरु समस्यामा हुँदा पनि सरकारले उनीहरुको उद्दारमा चासो नदेखाएको आरोप लगाएका हुन् ।
अन्य मुलुकले अफगनानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन थालिसक्दा पनि नेपाल सरकार भने अहिलेसम्म पहल पनि नगरेर गैरजिम्मेवार बनेको डा. भट्टराईको भनाइ छ ।
संसदमा विपक्षीका तर्फबाट विषय उठाइएको पनि धेरै दिन हुँदा पनि सरकारले चासो नदिएको उनको आरोप छ ।
तालिबानी हमलाका कारण हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन सरकारलाई धेरैले दवाव दिदै आएका छन । सरकारले भने तत्कालै उद्दार गनुपर्ने अवस्था नरहेको जनाएको छ ।