सबैसित संवाद गर्न अध्यक्ष वैद्यको माग

0

काठमाडौँ, ५ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ । अध्यक्ष वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनरत पक्षको सहभागितामा राजनीतिक सभाको आयोजना गर्नु आवश्यक भइसकेको जनाउनुभएको छ ।
विज्ञप्तिमा प्रस्तावलाई गम्भीरतापूर्वक लिइएन र जबर्जस्ती संविधान बनाइयो भने देश फेरि अर्को द्वन्द्वमा जानेमा सचेत हुन आग्रह गरिएको छ । आन्दोलनमा संलग्न सरोकारवाला राजनीतिक शक्तिलाई पाखा लगाएर र उत्पीडित वर्ग तथा समुदायका अधिकारमाथि कुठाराघात हुने गरी संविधान बनाउन नहुने उहाँको माग छ ।

Leave A Reply

Your email address will not be published.