विशेष महाधिवेशनमा जानुपर्ने पौडेल पक्ष जिल्ला सभापति भेलाको निष्कर्ष

0

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिहरुले पार्टीको १४ औँ महाधिवेशन तोकिएको मितिमा हुनेमा शंका व्यक्त गर्दै विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् । 

सोमबार र मंगलबार बसेको संस्थापनइतरका जिल्ला सभापतिहरुले यस्तो निष्कर्ष निकालेको हो । पार्टीको संवैधानिक संकटलाई कसरी निराकरण गर्ने भन्नेतर्फ ध्यान दिनुपर्ने भेलाको निष्कर्ष छ । 

१३ औं महाधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिबाट प्रादेशिक र संघीय तहको विशेष महाधिवेशन गर्न पनि भेलाले प्रस्ताव गरेको छ ।  

विशेष महाधिवेशनवाट निर्वाचित भएकाले छ महिनादेखि एक वर्षभित्रमा वडादेखि केन्द्रसम्मको नियमित कामकारबाही गर्नुभन्दा अन्य विकल्प नभएको संस्थापन इतरको भेलाले ठहर गरेको छ । 

भदौको १६ गते महाधिवेशन गर्न नसके त पार्टी जोगाउन विशेष महाधिवेशन उपयुक्त विकल्प हुने निस्कर्ष दुई दिने भेलाले निकालेको हो । पार्टीको नेतृत्वका कारण लोकतान्त्रिक पार्टी अलोकतान्त्रिक बाटोमा जाने खतरा बढेको पनि सभापति भेलाले ठहर गरेको छ । 

प्रायजसो सबै जिल्ला सभापतिहरुले नियमित मितिमै महाधिवेशन सम्पन्न सम्भव भएसम्म प्रयास गर्नुपर्ने धारणा राखेका छन । 

कांग्रेसको संस्थापन पक्ष नियमित समयमा महाधिवेशन नगरी सार्ने तयारीमा छ भने संस्थापनइतर खास गरी रामचन्द्र पौडेल समूह नियमित समयमा महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ । 

साउन १२ का लागि तोकिएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ । भेलाको निष्कर्ष पार्टी नेतृत्वलाई समेत बुझाउने तयारी सभापतिहरुको छ । 

Leave A Reply

Your email address will not be published.