भूमिसम्बन्धी आयोग विघटन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

विघटित भूमि आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने सन्दर्भमा छलफलका लागि बोलाएको हो ।

अदालतले अन्तरिम अदोश सम्बन्धमा छलफलका लागि भदौ १ गते पेशी तोकी सरकार पक्षलाई पनि झिकाउन आदेश दिएको छ ।

त्यतिन्जेलसम्म आयोगका काम कारवाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग गत साउन १९ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि सर्वाेच्चमा रिट परेको थियो ।

Leave A Reply

Your email address will not be published.