कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो ?- गगन थापा

0

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महामारीका कारणले कक्षा १२ को परीक्षा स्थगित गरी अन्य परीक्षा सञ्चालनको आधार के हो ? भनी प्रश्न गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय लगायतले भने जारी परीक्षा कार्यक्रम नरोकिने बताएपछि थापाले त्यसको बारेमा सरकारको जवाफ मागेका हुन् । सम्भव भए स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी सबै तहका परीक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

नेता थापाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वासको आधार वा बैकल्पिक माध्यमवाट परीक्षण सञ्चालनको विकल्प दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग समेत गरेका छन् ।

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्रिविको परीक्षाको बारेमा सरोकारवालासँग छलफल गरेर निर्णय लिन माग गरेका छन् । उनले विद्यार्थीको जीवन जोगाउन सबन्धित निकायलाई घचघचाउनुपर्नेमा समेत जोड दिएका छन् ।

Leave A Reply

Your email address will not be published.