कक्षा १२ को परीक्षा स्थगित

0

काठमाडौं : कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्दै गएका कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ । यसअघि कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म गर्ने तय भएको थियो ।

अब परीक्षा हुनुभन्दा १५ दिनअघि सूचना निकालिने बोर्डले जनाएको छ ।

यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको थियो । सोही अनुसार सीसीएमसीले परीक्षा बोर्डलाई परीक्षाबारे पुनर्विचार गर्न पत्राचार गरेको थियो ।

Leave A Reply

Your email address will not be published.