गैर आबसिय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मगर बिजयी हुनुभएकोछ । गएको सोमबार र मंगलबार भएको अनलाइन मतदानमा मगरले ४५७४ मत प्रात गरेका छन भने रोजिना राईले २१४८ मत र दिपक श्रेष्ठले २१९१ मत पाएका छन । शनिबार बिहान २ बजे निर्वाचन समितिले भर्चुअल माध्यमबाट गरेको घोषणा सभामा निर्वाचन समितिका संयोजक महेन्द्र कंडेल, मतपरिणाम सदस्यसचिब कर्ण शाही, लगायत निर्वाचन समितिका पदाधिकारीहरुले घोषणा गरेका हुन ।
जस अनुसार उपाध्यक्षमा सुनिलबाबु खड्का , गोबिन्द खरेल, नारायण कंडेल, मोहन कार्की, र शकुन्तला गुरुङ , महासचिबमा खुशी लिम्बु, सचिबमा बिष्णु चालिसे , ज्ञानेन्द्र बहादुर आले, महिला सचिबमा नम्रता घले, कोषाध्यक्षमा बिष्णु प्रशाद खरेल, सहकोषाध्यक्ष शशांक शर्मा , युबासन्योजक तिर्थ बहादुर मल्ल, महिला संयोजक बिमला लिम्बु र सदस्यहरुमा हिरा सापकोटा ( दिपक ) , भिमलाल खनाल , उपेन्द्र पौडेल , भानुभक्त घिमेरे , चम्प थापा मगर, पदम बहादुर शाही,बालक्रिष्ण दाहाल, सुरेश परियार, बिशाल राई , सुमन शर्मा चेत बहादुर राणा र इन्दिरा खनिया निर्बाचित हुनु भएकोछ ।
इङ्ल्यान्ड राज्य परिषदको अध्यक्षमा लाल बहादुर गुरुङ, भक्त बहादुर दर्जी , सचिबमा राम प्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई निर्बाचित हुनु भएको छ । आयरल्यान्ड राज्य परिषदमा बल बहादुर थापा अध्यक्ष , छम बहादुर रेग्मी उपाध्यक्ष, बिष्णु बहादुर छेत्री सचिब , प्रेम बहादुर खत्री सहसचिब, रामु खड्का कोषाध्यक्ष र दिलिप कुमार आचार्य सहकोषाध्यक्ष निर्बिरोध निर्बाचित हुनु भएकोछ ।
वेल्स राज्य परिषदमा कृष्ण प्रशाद भण्डारी अध्यक्ष, अमृत घले उपाध्यक्ष, दिपक लिम्बु सचिब, सन्जिब मैनाली सहसचिब, र सदस्यमा अमर ध्वज मल्ल, भोज रेग्मी ,बिकास रानाभाट र बलराम अधिकारी निर्बिरोध निर्बाचित हुनुभएकोछ ।
स्कटल्याण्ड राज्यसमितिको अध्यक्षमा काशीराम भण्डारी ; उपाध्यक्ष उज्वल कार्की ,सचिव मनिष खत्री , सहसचिव यशोदा सुमी ओझा भण्डारी , कोषाध्यक्ष शर्मिला भण्डारी , र सहकोषाध्यक्षमा प्रजापति शर्मा निर्वाचित भएका छन् । सदस्यहरुमा बलिभद्र अम्माई, कमला श्रेष्ठ, टीकाराम खराल र कृष्णप्रसाद देवकोटा निर्वाचित हुनु भएकोछ ।
आइसिसी सदस्यमा दिनेश घिमेरे, कृष्ण ढकाल, एलेन पाण्डे, महेश अधिकारी, राजेन्द्र पुडासैनी , समिर खनाल र हिमलाल भट्टराई निर्बिरोध निर्बाचित हुनु भएकोछ ।
निकै शंका, उपशंका एबम चासो र बिबादको चरण पार गरेर घोषणा गरिएको एनआरएनए बेलायतको मतपरिणाम जन अपेक्षा अनुकुलनै आएको र नयाँ कार्यसमितिले बेलायतबासी नेपाली समुदायलाई संस्था प्रति अपनत्व र समुदायको एकता बढाउने चुनौती रहेकोछ ।