नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

0

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० हजार १९ पुगेको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ संक्रमित थपिएका छन् । देशभर गरिएको ९ हजार ४ सय ९३ पीसीआर परिक्षणका क्रममा २ हजार ४ सय ३० र ६ हजार १ सय ८२ एन्टीजेन परिक्षणका क्रममा १ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ७७ हजार ५ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६५ हजार ५ सय ४८ जनाले कोरोना जितेका छन् । हाल ३४ हजार ९ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ५६ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म संक्रमण पहिचानका लागि ३६ लाख ६५ हजार ८सय ३५ वटा नमुना पीसीआर र ३ लाख ४९ हजार ५ सय ४३ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.