माधव नेपाल समूहको बैठक स्थगित

0

काठमाडौं : नेकपा (एमाले) माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक बिहीबारसम्मलाई स्थगित भएको छ । बैठक बुधबार विहान ११ बजेका लागि आह्वान गरिएको थियो ।

केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही सदस्यहरु उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिइन् ।

पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन वरिष्ठ नेता माधव नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

स्थायी कमिटीमा पटक–पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि नेपालले केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच बनाएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने या नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमै मतभेद छ । विशेष गरी कार्यदलमा रहेर १० बुँदे सहमति गरेका नेपाल पक्षका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।

तर, शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छन् । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेता नेपाल आन्तरिक समस्या मिलाउन सकस भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.