काठमाडौंमा संक्रमण बढेपछि कडाइ गर्दै प्रशासन

0

काठमाडौं : काठमाडौंमा कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सभा, सम्मेलन, धर्ना, जुलुस र गोष्ठी नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्ड बिपरित भीडभाड हुने गतिविधि गरेको पाइए कानून बमोजिम कारबाही गर्ने जनाएको छ ।

पछिल्लो केही दिनयता जिल्लामा कोरोना संक्रमणको दर उच्च हुँदै गएको र अस्पतालमा बिरामीको चाप बढेको भन्दै प्रशासनले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न सचेत गराएको छ ।

प्रशासनले मंगलबारदेखि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सार्वजनिक स्थानको अनुगमन गर्दै मास्क नलगाउने र सामाजिक दूरी पालना नगर्नेलाई कारबाही अभियान थालेको छ ।

जारी निषेधाज्ञा बुधबार मध्यरातमा सकिँदैछ । थप कडाइसहित निषेधाज्ञा लम्ब्याउने तयारीमा उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.