डा जागेश्वर गौतमको सरुवा रोकियो

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णय रोकेका छन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए ।

युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए ।

यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।

तर प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठले गरेको सो निर्णय कार्यान्वयनमा रोकेका हुन् ।

Leave A Reply

Your email address will not be published.