डा. गौतम युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइए

0

काठमाडौं : सरकारले डा जागेश्वर गौतमलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीस्तरीय निर्णयानुसार डा गौतमलाई कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइएको हो । 

डा गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएको दिनदेखि नै डा गौतम विवादमा पर्दै आएका थिए । डा गौतम अस्पतालमा स्वास्थ्य उपकरण खरिदमा सेटिङ गरेको लगायतका विभिन्न विषयमा विवादमा परेका थिए ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.