काठमाडौं : कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगित हुने भएका छन् । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै साउन ३१ गतेबाट तोकिएको कक्षा १२ को परीक्षा स्थिगत हुने सम्भावना बढेको हो ।
सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् ।
राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने बताए ।
राज्यमन्त्रीको कार्ययोजनाको बुँदा नम्बर ११ मा परीक्षा स्थगनको विषय उल्लेख छ । तर परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन ।