एनआरएनए जर्मनीमा मिलनराज पन्त बिजयी

0

गैर आबासीय नेपाली संघ जर्मनीको अध्यक्षमा मिलनराज पन्त निर्बाचित हुनु भएकोछ । आज सम्पन निर्वाचनको परिणाम अनुसार पन्तले ८२८ मत प्राप्त गर्नु भएकोछ भने निकटतम प्रतिद्वन्दी निनम्मा राईले ५७१ मत प्राप्त गर्नु भएकोछ ।

अनलाइन प्रबिधी मार्फत भएको निर्वाचनमा उपाध्यक्षमा लोकमणी ढकाल ७५१ मत र मेनुका त्रिपाठी ५८४ मत पाएर निबाचित हुनु भएको छ । महिला उपाध्यक्षमा करुना राई ७३२ मत पाएर बिजयी हुनु भएको छ ।

त्यसै गरि महiसचिबमा राजेश सुनुवार ७७५ मतांक र सचिबमा निमा राजभन्डारी ९३६ , सुजन बर्तौला ५३१ मत पाएर बिजयी हुनु भएकोछ ।

आईसीसी सदस्यमा शंकर डांगी ९४३ मत प्राप्त गरि बिजयी हुनु भयो भने निकटतम प्रतिद्वन्दी बिनोद अधिकारीले ३६९ मत प्राप्त गर्नुभएको छ ।

कोषाध्यक्षमा भरत कुमार चलाऊने , युबा संयोजकमा सुदिप सापकोटा र महिला संयोजक सोनी तुलाचन , सांस्कृतिक संयोजक लक्ष्मण जोशी र भाषा संयोजकमा मिरा पौडेल निर्बिरोध निर्बाचित भैसक्नु भएकोछ । हाम्बोर्ग क्षेत्रको क्षेत्रीय सदस्यमा मिना कार्की र प्रशान्त पोख्रेल निर्बाचित हुनु भएकोछ । अन्य क्षेत्रका सबै पदमा निर्बिरोध निर्बाचित भएकाछन ।

गैर आबासिय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तको बसोबास रहेको जर्मनीको निर्वाचनलाई संसार भरिका नेपालीहरुले चासोका साथ हेरिरहेका थिए ,

Leave A Reply

Your email address will not be published.