एनआरएनए नर्बेको अध्यक्षमा जीबन शाही बिजयी
गैर आबसीय संघ नर्वेको अध्यक्षमा जीबन शाही निर्बाचित हुनु भएकोछ । आज सम्पन्न अनलाईन मतदानको नतिजा अनुसार २९३ मत पाएर बिजयी शाहीले आगामी कार्यकालका लागि एनआरएनए नर्वेको नेत्रित्व गर्नु हुनेछ ।
अध्यक्ष पदका अन्य प्रत्यासि पवित्र बस्नेतले १८५ मत पाउनु भएको छ भने सुरेन्द्र क्षेत्रीले आफ्नो उम्मेद्बारी स्थगित गर्नु भएको थियो ।
सचिब पदका लागि भएको निर्वाचनमा बिजय काफ्ले २३८ मत पाएर बिजयी हुनु भएकोछ भने निकटतम प्रतिद्वन्दी अशिम लम्सालले २३४ मत पाउनु भएकोछ ।
उपाध्यक्षमा नबराज अधिकारी , अन्जन बस्तोला , दिपेन् बिष्ट र महासचिबमा बिष्णु गौतम निर्बिरोध निर्बाचित हुनु भएकोछ ।
त्यसै गरि बिक्रम बस्नेत युबा सन्योजक र प्रबिण मुनाकर्मी महिला सन्योजक र सदस्यहरुमा पूर्णचन्द्र भुशाल , उमेश गुप्ता , सालीग्राम ढुंगाना निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

