लुम्बिनीमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

0

काठमाडौं : लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी जसपा नेपालकाका तीन जना मन्त्री सांसदबाट पदमुक्त भएका छन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।

पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो । सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्री बनेका थिए ।

उनीहरु मन्त्री बनेदेखि जसपा भित्रको विवाद बाहिर आएको थियो । लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै तीन जना मन्त्री बनेका थिए भने ३ जना विपक्षी गठबन्धन दलतिर लागेका छन् ।

जसपाको केन्द्रको विवादको टुंगो नलाग्दै उपेन्द्र यादव पक्षले यी तीन जनालाई कारवाही गरेको थियो । त्यसपछि उनीहरु सर्वोच्च अदालतमा गएर पुनर्वहाली भएका थिए ।

तर अहिले यादवले पार्टीको आधिकारिकता प्राप्त गरेपछि पार्टीको निर्देशन नमानेको भन्दै पार्टीले फेरी कारबाही गरेको पत्र प्रदेश सभामा पत्र पठाएको थियो ।

सोही पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले शुक्रबार कारवाही गरेको हो । तर उनीहरुको मुद्दा अहिले पनि अदालतमा विचाराधीन नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.