जसपाको आधिकारिकता यादव पक्षलाई दिने आयोगको निर्णयविरुद्ध ठाकुर सर्वाेच्चमा

0

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै महन्थ सर्वोच्च पुगेका हुन् ।

यसअघि नै महन्थ ठाकुरले साउन ८ गते शशरिर खनाखत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । तर उक्त रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेपछि निर्वाचन आयोगले जसपाको आधिकारिकता शशरिर सनाखतका आधारमा उपेन्द्र यादव समूहलाई दिएको थियो ।

त्यही निर्णयविरुद्ध महन्थ बिहीबार सर्वोचच अदालत पुगेका थिए । उक्त रिटको पेसी साउन १७ गते आइतबारलाई तोकिएको छ ।

त्यसैगरी निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको रिटको सम्बन्धमा शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । अब आइतबारको पेसीमा दुवै मुद्दालाई एकै स्थानमा राखेर हेरिने छ ।

Leave A Reply

Your email address will not be published.