आजको राशिफल
विक्रम संवत २०७२ साल आषाढ २९ गते मंगलबार तदनुसार २०१५ जुलाइ १४ तारिख अधिक आषाढ कृष्ण पक्ष त्रयोदशि तिथि विहान ६ । ५१ उप्रान्त चतुर्दशि तिथि । प्रस्तुत छ आजको राशीफल –
मेष :- पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। तपाईँको परिश्रमको मुल्याङ्कन राज्यले गर्नेछ ।
बृष :- मुख्मा बसेको क्षण चन्द्रमाले अरुलाइ बोलेर चित्त बुझाउन नसक्दा धेरैकाममा असफल हुने र मित्रले सहयोग नगर्ने योग छ ।
मिथुन :-मनोबल बढ्ने, रात्रिभोजको निमन्त्रणा आउने छ। ठूला व्यक्तिबाट प्रशंसा पाउने र खुसिहुने योग छ। परदेशबाट शुभ समाचार आउनेछ ।
कर्कट :- सोचेका काम समयमा नहुने, विश्वास गरेकालेने फसाउने प्रयास गर्ने र झुटा आरोप पनिलाग्न सक्नेछ।
शिंह :- आम्दानि प्रर्याप्त हुने शुभ समाचारहरु सुन्न पाइने र कामको उच्च मुल्याङ्कन राज्यबाट हुनेछ ।
कन्या :-नोकरीमा सम्मान अरुबाट प्रशंसा हुनेछ। बोलिको प्रभाव राम्रो रहने योग छ। आम्दानीकी तिब्रता कायमै रहला।
तुला :- धर्ममा अरुचि जाग्नेछ। भाग्यले साथ नदिने र गरेका कामहरु असफलहुनेछन्। नैराश्यता र उदासिनता बढ्नेछ। धेरै कुरामा गोपनियता अपनाउनु राम्रोरहनेछ ।
बृश्चिक :- मन उदाश हुने, शरीर सिथिलहुने ,काम अधुरा रहने र मनोबल कमजोर रहनेछ। लेन देनमा विबाद बढ्ने सम्भावना छ।
धनु :- प्रेममा सम्लग्नभै यात्रा गर्ने योग छ। भेटघाटमा मन प्रशन्न रहनेछ। विबाहको चर्चा र व्यपारमा सफलता हात लाग्नेछ।
मकर :-शत्रुलाइ परास्त गर्दै काममा अवरोध सिर्जना निस्ते गर्ने शक्ति प्रकट हुनेछ। नयाँकाममा अधिकार जमाउने धम मनग्य कमाउने योग छ।
कुम्भ :- बुध्दिले समयमा काम नगर्दा असफलता भोग्नुपर्नेछ । पढाइमा सफलता नमिल्ने योग छ। राज्यले झुटा आरोप लगाउने, अवसर स्थान नदिने सम्भावना छ।
मीन :- परिबार बाट सहयोग, नमिल्ने मित्रहरुले साथ नदिने र सामाजिक कार्यमा सफलता नमिल्ने गरेका काम रोकिने छन्।
श्रोत:- ज्यो. ओजराज उपाध्याय लोहनी ।