काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।
मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो ।
पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।
तर पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको बयान दिएकी थिइन् । त्यसपछि जिल्ला अदालतले बलात्कारको दाबीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।