कांग्रेसको क्रियाशील छानविन समितिले प्रतिवेदन बुझायो, कार्यदल सदस्य गुरूङको असहमति

0

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । 

रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो । देउवाको निजी निवास बुढानिलकण्ठमा जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो । 

तर, प्रतिवेदन बुझाउने क्रममा समितिमा सहमति भने जुट्न सकेन । समितिका सदस्य कल्याण गुरूङले प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका छन् । 

छानविनको काम नसकिइ, विवाद समाधन नभइकन प्रतिवेदन बुझाइएको भन्दै गुरूङले नोट अफ डिसेन्ट लेखेका हुन् । 

पदाधिकारी बैठकमा पेश भएको विवरण अनुसार कांग्रेसका क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुगेको छ । ४ लाख ४३ हजार ६७८ जना नयाँ सदस्य थपिएका छन् भने ४ लाख ९ हजारको नवीकरण भएको छ । 

सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ५६६ जना छन । 

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.