सनाखत गर्न कारागारबाट निर्वाचन आयोग पुगे रेशम चौधरी
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् ।
जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् ।
उनलाई आयोगको टोलीले नै आयोगमा लिएर गएको हो । आयोगले कारागारलाई पत्र लेखेर उनलाई पठाइदिन आग्रह गरेको थियो ।
चौधरीले अध्यक्ष उपेन्द्र यादव समूहमै सनाखत गर्ने बताइएको छ ।