‘कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशातर्फ’

0

एजेन्सी : कोरोना भाइरसका नियन्त्रणका विषयमा अमेरिका गलत दिशामा हिँडिरहेको आरोप विज्ञहरुले लगाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डाक्टर एन्थोनी फाउचीले भाइरसविरुद्ध खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरियन्ट बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस एउटा महामारी नै बनेको उनको भनाइ छ । फाउचीले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको जानकारी दिएका छन् ।

कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको उनको भनाइ छ ।

अमेरिकामा हालसम्म ४९ प्रतिशत मानिसले पूर्ण रूपमा खोप लगाएका छन । तर अप्रिलदेखि खोप लगाउने दरमा कमी आएको छ । विशेषगरी अमेरिकाका दक्षिणी राज्यहरूमा खोप लगाउने दर कम देखिएको छ ।

केही समययता अमेरिकामा दैनिक सङ्क्रमणको दर बढेको छ । डेल्टा भाइरसका कारण पनि संक्रमण दर वृद्धि भएको ठानिएको छ ।

Leave A Reply

Your email address will not be published.