ठाकुर पक्षको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

0

काठमाडौं : पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको बहुमत सदस्यको शशरिर सनाखत रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ ।

जसपा आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइको क्रममा आयोगले पार्टी एकीकरणको बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते सनाखतका लागि झिकाउने निर्णय गरेको थियो ।

यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाइएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।

Leave A Reply

Your email address will not be published.