काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन लम्बियो

0

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार मध्यरातिबाट सकिने भएपछि त्यसलाई साउन २० गतेसम्म पुर्‍याइएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो । यसअघि कायम रहेका निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन गरिएको छैन ।

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखानाहरु भने अझै बन्द रहनेछन् ।

शैक्षिक संस्थाहरू अझै भौतिक रूपमा सञ्चालन हुन पाउने छैनन् । खुला स्थानमा मानिसहरू भेला भएर कार्यक्रम एवं समारोहहरू गर्न पनि रोक लगाइएको छ ।

कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि गत वैशाख १६ गते एक साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि पटकपटक थप गर्दै निषेधाज्ञा जारी राखिएको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै केही क्षेत्रमा मात्रै कडाइ गरिएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.