भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिए

0

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल, एमाले उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य रावलले राजीनामा फिर्ता लिएको पुष्टि गरेको हो । 

रावलले साउन ३ गते आइतबार प्रतिनिधि सभाको बैठक अघि एमालेका केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि त्यसमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका थिए । 

संसद भवनबाहिर सञ्चारमाध्यमका अगाडि राजीनामा पत्र पढेर सभामुखलाई राजीनामा बुझाउन गएका रावलले राजनीतिक विकृत भएकाले आफूले सांसद पद त्याग गरेको बताएका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले रावलको राजीनामा फिर्ता गराउन पहल गरिरहेको केन्द्रीय समितिको बैठकमा जानकारी गराएका थिए । 

Leave A Reply

Your email address will not be published.