प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं : संघीय संसद प्रतिनिधिसभा बैठक आज दिउसो बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बस्न लागेको हो । देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । उनलाई नेकपा एमालेका २२ सांसदसहित १ सय ६५ जनाले विश्वासको मत दिएका थिए ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि पनि संसद सचिवालयले तय गरेको छ ।
त्यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची छ ।