एनआरएनए बेल्जियम निर्वाचन समितिले सहमतिको अन्तिम प्रयास पछि उम्मेद्वारको नामावली प्रकाशित गर्ने, नेपाल पत्रकार महासंघ बेल्जियमले उम्मेद्वारहरु सँग अन्तर्कृया गर्ने ,

0

गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनले सहमति अन्तिम प्रयास गर्ने उद्यस्यले उम्मेद्वारहरु सँग अन्तर्कृया गर्ने भएको छ । २० जुलाई दिउसो दुई बजेबाट हुने उक्त कार्यक्रममा ८ औ अधिबेशनले थप गरेका युबा उपाध्यक्ष लगायतका पदमा उम्मेद्बारी लिने अथवा सहमतिमा पद ब्यबस्थापन गर्ने निर्णय पनि सहमतिको आधारमा गर्ने बताएको छ ।

सोही दिन १६,०० बजे नेपाल पत्रकार महासंघ बेल्जियमले उम्मेद्वारहरु सँग सार्वजनिक छलफल एबम सम्बाद गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन समितीको सुचना !!!

गैर आवासीय नेपाली संघ बेल्जियमको आठौं अधिबेशन अन्तर्गत उम्मेद्बारी दिनु भएका सम्पुर्ण उमेदवारहरु बीच अन्तर्कृया र सर्ब सहमतिको पहलको लागि कार्यक्रम राखिएकोले निम्न मिति समय र स्थान मा सबै उम्मेदवार ज्यु हरुलाइ उपस्थिति लागि अनुरोध गरिन्छ

मिति – २० जुलाइ २०२१ समय – १४ बजे बाट स्थान – Laagweg 9 , 2660 Hoboken

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद बेल्जियमको हिजो सम्पन्न आठौं अधिबेशन बाट पारित बिधान अनुसार थप निम्न पदकोलागि उम्मेदवारी लिनु पर्ने भएको ले इच्छुक पन्जिकृत सदस्यहरुले आफ्नो उम्मेदवारी शुल्क सहित निम्न स्थान मा आएर उम्मेदवारी दिनु हुन यो सूचना सार्बजनिक गरिएको छ ।

थपिएका पद हरु युबा उपाध्यक्ष १ – मनोनयन शुल्क ८०० युरो महिला सचीव १ – मनोनयन शुल्क ५०० युरो सह कोषाध्यक्ष १ – मनोनयन शुल्क ३०० युरो महिला सह संयोजक १ – मनोनयन शुल्क २०० युरो

मनोनयन गर्ने समय २० जुलाइ साझ दिनको ५ बजे सम्म स्थान – Laagweg 9 , 2660 Hoboken

. गैर आवासीय नेपाली संघ को आगामी अक्टोबर २३ – २५ मा काठमाडौ मा हुन गै रहेको दशौ अन्तर्राष्ट्रिय महाधिवेशन को लागि प्रतिनिधि हुन चाहाने बेल्जियमका पन्जिकृत सदस्य हरुले यहि जुलाइ २० बिहान १० बजे देखि जुलाइ २२ बेलुका ५ बजे सम्म निर्वाचन समिती को निम्न इमेलमा आफ्नो मनोनयन गर्नु हुन वा नाम टिपाउनु हुन विनम्र अनुरोध गर्दछौं । मनोनयन शुल्क बराबर २० युरो अनिवार्य रुपमा एन आर एन ए बेल्जियमको निम्न खातामा जम्मा गरि रसिद इमेल मा पठाउनु होला ।

Email- nrnbelgium.election2021@gmail.com AC NO BE53363202110553 NRNA NCC BELGIUM

निर्वाचन समिती

Leave A Reply

Your email address will not be published.