बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

0

काठमाडौं : सरकारले साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले बुधाबार सार्वजनिक बिदा दिने निर्यय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताए ।

बकर इदमा मुस्लीम धर्मावलम्बीहरुले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गर्छन् ।

Leave A Reply

Your email address will not be published.