एमालेका यी २२ सांसदले दिए देउवालई विश्वासको मत

0

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा आइतबार भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विपक्षमा ८३ मत र मत दिन्‍न भन्‍नेमा १ परेको थियो । मतदानमा २४९ जना सदस्य सहभागी थिए ।

सर्वोच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । धारा ७६(६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ । सोही प्रावधाअनुसार देउवाले आइतबार प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् । 

प्रतिनिधि सभामा सरकारले विश्वासको मत प्राप्त गर्न १३६ सांसदको समर्थन चाहिन्थ्यो ।  जसपाको महन्थ ठाकुर (१३ जना सांसद समूह) समेत देउवालाई विश्वासको मत दिए । त्यस्तै देउवालाई एमालेका २२ सांसदले पनि मत दिएका थिए ।

देउवालाई विश्वासको मत दिने एमाले सांसदहरू यस प्रकार छन् :

माधवकुमार नेपाल
विरोध खतिवडा
रामकुमारी झाँक्री
कल्याणी खड्का 
जीवनराम श्रेष्ठ
पार्वती विशुंखे
मेटमणि चौधरी 
प्रेमबहादुर आले
भवानी खापुङ
निरादेवी जैरु
मुकुन्द न्यौपाने
कलिला खातुन
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान 
गोपाल बम 
सविना हुसेन 
कृष्णलाल महर्जन
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी 

Leave A Reply

Your email address will not be published.