देउवा परमादेशबाटै प्रधानमन्त्री बनेका हुन्, तर मत दिन्छौं : महन्थ ठाकुर
काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेर बहादुर देउवाको समर्थनमा मत दिने बताएका छन् ।
अध्यक्ष ठाकुरले देउवाले चिठी पठाएर भोट मागेकोले आफ्ना माग पूरा गरिदने वाचासहित देउवाको समर्थनमा मत दिने बताउएका हुन् ।
उनले नयाँ प्रधानमन्त्री बनेकोमा देउवालाई धन्यवाद दिँदै देउवा जनादेशबाट नभइ परमादेशबाटै प्रधानमन्त्री बनेको समेत बताएका छन् ।
उनले जब प्रधानमन्त्रीको निर्वाचन वा नियुक्तिको प्रसंग आउँछ तब, आफूलाई आफ्नो पार्टी पनि प्रताडित र घायल पाएको बताए ।
प्रधानमन्त्री देउवालाई मत दिएपनि सत्ता संघर्ष गरेको प्रताडित र उत्पीडित समूहले आम जनताको समूहलाई सम्बोधन गर्न नसक्ने बताए ।
अध्यक्ष ठाकुरले आफ्ना सांसद रेशम चौधरी अझै जेलमा रहेको बताए । साथै उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही माग पूरा गरेकोमा धन्यवाद दिए ।