ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भयो : मिनेन्द्र रिजाल

0

काठमाडौं : नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मिनेन्द्र रिजालले लोकतन्त्र र संविधानवाद विजयी भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य रिजालले केपी शर्मा ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भएको बताएका हुन् ।

संविधानवादलाई विजयी गराएकोमा सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गर्नुपर्ने उनको भनाइ छ ।

उनले केपी शर्मा ओलीले हिजो प्रचण्ड र माधव नेपाललाई देखाएर दुई तिहाईको मत देखाएको भएपनि अहिले उनै विरुद्ध आक्रमण गरेको बताए । ओलीले अदालतमाथिनै आक्रमण गरेको पनि उनले बताए । 

ओली सरकारले विगत डेढ वर्षदेखि नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरेको सांसद रिजालले बताए ।

Leave A Reply

Your email address will not be published.