भीम रावलले सांसद पदबाट दिए राजीनामा

0

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

२०७४ सालको प्रतिनिधिसभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भन्दै राजीनामा दिएको बताए ।

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए । उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए ।

आइतबार बिहान उनीसहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए ।

तर नेता नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुँदे सहमति अस्वीकार गरिदिएका थिए । नेता नेपालको खेमामा रहेका रावल केपी ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए ।

Leave A Reply

Your email address will not be published.