एनआरएन बेल्जियम, निर्वाचन भन्दा सहमतिको प्रयास गरौ

0

गैर आबासीय नेपाली संघ बेल्जियम आगामी दिनका चुनौती र अबसरको जिम्मेवारी बोकेर संस्थाको आठौ अधिबेशनको संघारमा छ । करिब ६ हजार नेपालीहरुका ६० जति संस्थाको भाबनालाई समेटेर उनीहरुको सहकार्यमा उनीहरुकै एकता र सम्ब्रिद्धीको लागि संगठनलाई कृयाशिल बनाउनु पर्ने दायित्वमा खरो उत्रिनु पर्ने चुनौतिको निरन्तरता आगामी नेत्रित्वको काधमा हुनेछ । प्रबासका संगठनमा सबै भन्दा धेरै गाली खाने र त्यत्तिकै धेरै अपेक्षा र भरोशा भएको एनआरएनएको नेत्रित्व सन्कुचित हुनु हुँदैन भन्ने यसका शुभचिन्तकहरुको चाहना छ ।

निर्वाचन समितीले पाएको २१०० पन्जिक्रित सदस्यहरुमा आफ्नो इच्छ्या र संगठनको दायित्व बुझेका आफ्नो शुल्क आँफै तिरेर, सदस्यता आबेदन आँफै भरेर बनेका ५५० बाहेक अरु सबै उम्मेद्वारहरुका भोटर मात्र हुन । यो वाक्यले ति २१०० मतदाताको स्वाभिमानमा चोट पुर्याउन खोजिएको होइन, संस्थालाई आफु अनुकुल चलाऊन खल्तीबाट पैसा हालेर सदस्य बढि देखाउने कुरितीलाई प्रस्ट्याउन खोजिएको मात्र हो । नेपालका राजनितिक पार्टिको ह्याङ ओभरले सुस्त देखिने गरेको संगठनलाई जनचाहनाको फरारी गतिमा कुदाउन सकिएन भने यसको अस्तित्व संकटमा पर्ने लक्षण प्रष्ट देखिईसकेका छन । सदस्यता बितरण , निर्वाचनका लागि भएको गठबन्धन र उम्मेद्बारी मनोनयनमा हाबी भएको नेपाली राजनितिक पार्टिको प्रभाबलाई कम गर्ने भनेको यो संस्थामा जनसाधारणको चासो र स्वैच्छ्याको संलग्नताले मात्र सक्छ ।


भोटरबाट सदस्य बन्ने र संगठनको स्वामित्व लिने प्रयत्न सामाजिक चेत भएका ब्यक्तिहरुले नगरे गुनासो मात्र गरेर पनि केही हुँदैन । तसर्थ गलत भैरहेको छ ,संस्थानै माफियाहरुको हातमा छ भनेर गुनासो मात्र गर्नु भन्दा यसमा सहभागि भएर यसको माध्यमबाट जन अपेक्षित र आत्मसन्तुष्टी हुने काम गरे संस्थाको छबि सुध्रिने र आकर्षण बढ्नेछ , जुन हाम्रो आगामी पिढिका लागि पनि अति आबस्यक छ ।


एनआरएनए बेल्जियमको चित्र सुबेदीको बर्तमान कार्यसमितिका केही युबा पदाधिकारीहरुको काम गर्ने शैली र त्यसबाट संस्थाले पाएको सफलताले धेरै हल्लाखल्ला नगरेर पनि धेरै काम सजिलै हुन सक्छ भन्ने नजिर छोडेका छन । त्यसलाई अनुशरण गर्दै नयाँ अबसरको खोजी गरि समुदायलाई एकन्त्रित गर्दै सामुहिक हितका कामका लागि संगठनलाई प्रयोग गर्ने अबसर र चुनौती आगामी नेत्रित्वले पाउनेछ ।


कोरोनाका कारण चाहे र सोचे जति संगठनको गतिबिधी नदेखिए पनि नेपालको दुर्गम् जिल्ला जाजरकोटका बासिन्दालाई स्वास्थ्य सेवा सहज् बनाउन सहयोग पुग्ने गरी स्वास्थ्य चौकी भबनको निर्माण , कास्की अस्पतालमा प्रदेश सरकार र पुरी फाउन्डेशन् बेल्जियमको सहकार्यमा अक्सिजन प्लान्ट निर्माण, कोरोना राहतका लागि बेल्जियम सरकारी कोषबाट प्राप्त १० हजार युरोको नगद सहयोग र संगठनको दीर्घकालिन आर्थिक सक्षमताका लागि न्युट्राल भर्जेकरिङ सँगको सहकार्य लगायतका काम र समुदायमा बिबाद आउने कुनै गतिबिधीमा पदाधिकारीहरुको सन्लग्नता नदेखिनु पनि प्रशंशायोग्य काम हुन । आपत बिपद पर्‍यो कि नेपाली समुदायलाई गुहारेर केही रकम जम्मा गरेर सहयोग गर्ने परम्परा भन्दा फरक प्रयास गर्नु र केही मात्रामा सफल हुनु पनि बर्तमान समितिका पछि सम्म सम्झनालायक काम हुनेछन । नेपाली समुदायले भाबनामा बगेर गरेको सहयोगको हिनामिना भएका केही दु:खद घटना दोहरिन नदिनु र आर्थिक पारदर्शिता र ब्यबस्थापनका लागि पनि बर्तमान समितिलाई थम्प्स अप गर्नै पर्छ ।


सबै भन्दा खड्किएको बिषय युबा पिढिलाई एनआरएनएको छाता भित्र समेट्ने हो , जसमा प्रयास धेरै भए पनि परिणाम देखिन केही समय लाग्ने छ र संगै निरन्तर प्रयास गरी रहनु आबस्यक छ । यो कार्यकालमा केही आशा जगाउने गरी भएका कामको पहिलो पिल्लरनै निर्वाचन सर्बसम्मत हुनु र राजनितिक संस्कार र सामाजिक चेत् भएका युबाहरु निर्बाचित हुनु हो । समुदायका अगुवा र एनआरएनका अग्रजहरुको गहन प्रयास भए यो पटक पनि सर्ब सहमतिमा कार्यसमिती चयन हुन सक्ने अन्तिम अबसर अझै बाँकी छ ।

निर्वाचन प्रायोजनका लागि हुने १४ / १५ हजारको देखिने खर्च र बिसौ हजारको नदेखिने खर्च जोगाएर कुनै परोपकारी काममा खर्च गर्न सजिलो हुने, उम्मेद्वारहरु बिचको प्रतिस्पर्धाले समुदायमा बिभाजन देखिने, मिलेर गर्नु पर्ने काममा एक पक्षको उदासिनता रहने जस्ता सिधा देखिने र नदेखिने अन्य साइड इफेक्टहरुबाट जोगिन सकिन्छ ।

एकता र मेल मिलापको संस्कार बसाउन सबैको सामुहिक प्रयास भएर त्यसलाई सफल बनाउन सकियो भने हामीले नसोचेका सकारात्मक काम सजिलै भएको देख्न सकिने छ ।

छानो चुहिने, धुले बिद्यालय र केही देखासिकिका घोकन्ते बोर्डिङ स्कुलको शिक्षाको जगमा बनेको हाम्रो पुस्ताको मानसिकता र २१ औ सताब्दीको सर्बोत्क्रिष्ट मानिने युरोपका बिद्यालयहरुबाट शिक्षित र आधुनिक समाजको सुन्दर बातावरण भोगेको दोश्रो पुस्ताको सोचलाई मिलाएर कार्यरुप दिन सकियो भने मात्र हाम्रो सामाजिक अभियान सफल हुन सक्छ , नत्र ढुङ्गा हान्ने र रेलिङ भाच्ने क्रान्तिकारीताको पक्षघात एनआरएन अभियानले ब्यहोरी राख्नु पर्नेछ । शुभको यात्रा गर्न कुन बाटो समात्ने भनेर अलमलिने समय प्रत्यैक घण्टा र मिनेटमा घटि रहेको छ । प्रयास गरौ ।

Leave A Reply

Your email address will not be published.