प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी, एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

0

काठमाडौं : नेकपा माओवादी केन्द्र पनि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा सहभागी भएको छ । 

शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री साहलाई प्रदेश प्रमुख डा. राजेश झा अहिराजले शपथ ग्रहण गराए भने राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री राउतले शपथ ग्रहण गराए ।

मन्त्री साहले राष्ट्रको नाममा शपथग्रहण गर्दा राज्यमन्त्री कर्णले सहिदको नाममा शपथ लिएकी थिइन् । उनहरूले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानूनी जटिलताका कारण नेपाली भाषामै शपथ लिएका थिए ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुई मन्त्रीलाई राजीनामा दिन लगाइएको थियो । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार अबेर राजीनामा बुझाएका थिए ।

जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएको थियो ।

Leave A Reply

Your email address will not be published.