चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने
काठमाडौं : चीनले नेपाललाई कोभिड-१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटका क्रममा सो कुराको जानकारी दिएकी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
‘कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्री देउवासँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप उपलब्ध गराउने निर्णय भएको जानकारी गराउनुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाललाई यस अघि पनि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । त्यस्तै चीनसँग ४० लाख डोज खोप किन्ने सम्झौता भएको छ । त्यस मध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।
