काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । उनी शुक्रबार बिहान ९ः५७ को शुभसाइतमा बालुवाटारस्थित निवासमा सरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेका थिए । देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आए पनि साइत हेरेर उनी शुक्रबार बालुवाटार सरेका हुन् ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।