राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक आह्वान गरेकी छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते अपरान्ह ४ बजेको लागि बैठक आह्वान गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालय शीतल निवासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.